BBC News, नेपाली - होमपेज
मुख्य समाचार
ट्रम्पको धम्कीबीच जी सेभेनले '१० करोड ब्यारल डिजल निकासा गर्ने'
उक्त कदमले आउँदा दिनहरूमा डिजलको "पर्याप्त आपूर्ति" सुनिश्चित गर्ने संयुक्त राज्य अमेरिकासहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ।
हावा पश्चिमबाट पूर्व बहन सुरु गर्यो, अब कहिले र कसरी बाहिरिन्छ मनसुन?
भारतीय मौसम विभागले नेपालको पूर्वी क्षेत्रमा १० अक्टोबरबाट मनसुन निष्क्रिय हुने प्रारम्भिक पूर्वानुमान गरेको छ। नेपालमा कहिलेबाट बाहिरिएला मनसुन?
सामाजिक चिन्तालाई अझ बढाउने लुप्त बानी - त्यसलाई कसरी हटाउने
अक्सफर्ड विश्वविद्यालयका मनोवैज्ञानिक प्राध्यापक डेभिड क्लार्कले अझ धेरै मानिसहरू उपचारका लागि अघि बढून् भन्ने आफूले चाहेको बताएका छन्। तर मानिसहरूलाई आफूले सहयोग गर्न केही कदम आफैँले पनि चाल्न सक्ने उनी बताउँछन्।
बाढीपछि प्रभावित क्षेत्रमा पीडितका लागि केके काम भए, केके हुँदै छन्?
भोटेकोशी-त्रिशूली बाढी आएको करिब पाँच सातामा खास गरी लाभग्राही पहिचान गर्ने, बाटो निर्माण, झोलुङ्गे पुल निर्माणलगायतका काम भइरहेको अधिकारीहरूले बताएका छन्।
उडिरहेको विमानभित्र चक्कु प्रहार गरिएका पाइलट अस्पतालको शय्याबाटै बोले
ककपिटको ढोका खोलेर यात्रुहरूलाई भित्र आउन दिई आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेपछि फ्लाइदुबईका विमानचालक स्मित मच्छारको धेरैले प्रशंसा गरेका छन्।
भिडिओ, बाढीबाट प्रभावित हजारौँ विद्यार्थीलाई फेरि पढ्ने व्यवस्था मिलाउन के गर्दै छ सरकार, समयावधि 2,23
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले प्रभावित जिल्लामा १४,००० भन्दा बढी विद्यार्थी प्रभावित भएका छन्। उनीहरूले फेरि पढ्न पाउने व्यवस्था मिलाउन कस्तो प्रयास हुँदै छ?
भिडिओ, हिमनदी र हिमताल विस्फोट भएर उत्पन्न हुने विपद्बाट कसरी जोगिने, समयावधि 3,09
हिमताल र हिमनदी विस्फोट भएर उत्पन्न हुने विपद्बाट कसरी जोगिन सकिन्छ अनि सम्भावित क्षतिलाई कसरी घटाउन सकिन्छ?
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, प्राकृतिक विपद्पछि मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पर्छ, कसरी सहयोग गर्न सकिन्छ, समयावधि 3,57
ठूलो विपत्तिबाट प्रभावित मानिसहरूको मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने?
भिडिओ, बाढीले नागरिकता वा अन्य कागजपत्र हराएको छ भने के गर्ने, समयावधि 3,35
मानिसहरूको पहिचान जनाउने कागजपत्रहरू समेत बगे वा हिलोमा कामै नलाग्ने गरी पुरिए। धेरै जनाका नागरिकता, पासपोर्ट र जग्गाको लालपुर्जासहितका महत्त्वपूर्ण दस्तावेजहरू हराए। अब उनीहरूले के गर्नुपर्छ?
भिडिओ, बाढीले पुरेको वा क्षति पुर्याएको घरमा पस्दा के गर्ने, के नगर्ने, समयावधि 1,55
नदीका किनारमा अवस्थित केही घरहरू अझै हिलोमा गाडिएका छन्। कतिपय घरमा नराम्ररी क्षति पुगेको देखिएको छ। केही स्थानीय बासिन्दाहरूले हिलो पन्छाउँदै घरमा फेरि तरखर गरेको देखिएको छ।
भिडिओ, अस्थायी शिविरमा कुनै समस्या छ? समाधान खोज्ने तरिका यी हुन्, समयावधि 2,40
भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण घरबास गुमाएर विस्थापित भएका मानिसहरूले अस्थायी आश्रयस्थ��मा भोग्नुपरेका समस्याबारे हामीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुखलाई प्रश्न गरेका छौँ।
भिडिओ, खानेकुरा कसरी सुरक्षित भण्डारण गर्ने, समयावधि 1,12
खाद्यसामग्री कसरी सुरक्षित राख्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान दिने भिडिओ।












































